जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बालेनले एमालेलाई एक लाख जरिवाना तिराउने

जन्मभुमि खबर ,
पोखरा ।

काठमाडौँ महानगरपालिकाले नेकपा (एमाले) लाई एक लाख रुपैयाँ जरिवाना तिराउने भएको छ ।

शुक्रबार (मंसिर ७ गते) ‘काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी वातावरण प्रदूषण गरेको’ ठहर गर्दै महानगरले जरिवाना तिर्न एमालेलाई भनेको छ ।

नगर प्रहरी निरीक्षक लीलाराज गाछाले एमाले केन्द्रीय कार्यालयलाई पत्र पठाउँदै ‘फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु १००,०००।०० (अक्षरेपी एक लाख) जरिवाना गरिएको’ जनाएका छन् ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) स्वतन्त्र निर्वाचित हुन्। एमाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वका पार्टी हो ।

यसअघि महानगरले गत वर्ष चैतमा राप्रपाले भृकुटीमण्डपमा कार्यक्रम गर्दा फोहोर गरेको र ट्राफिक आइल्यान्डमा क्षति पुगेको भन्दै क्षतिपूर्ति र मर्मत खर्चवापत् ५ हजार २ सय २२ रुपैयाँ तिराउने निर्णय गरेको थियो ।