जन्मभुमि खबर ,
पोखरा ।
पोखराको याम्दिमा जेब्रा बाटो क्रस गर्ने क्रममा चर्चित टिकटकर , सामाजिक अभियन्ता गिभिना मगरकी आमाको ट्र्कको ठक्करबाट मृत्यु भएको छ ।
गिभिनाकी आमाको शुक्रबार सवारी दुर्घटनामा मृत्यु भएको थियो । लगत्तै शनिबार भाइले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
पोखरा महानगरपालिका–२५ म्याम्दीमा ग २ ख १४६० नम्बर ट्रकले जेब्रा क्रसिङमा ठक्कर दिँदा गिभिनाकी आमा ५५ वर्षीया धनकुमारी बुढाको मृत्युु भएको थियो । धनकुमारी श्रीमानसँगै सडक पार गर्न लागेको समयमा उनी भने अगाडि बढेको देखिन्छ । टाउकोमा गम्भीर चोट लागेको अवस्थामा धनकुमारीलाई पोखराको मणिपाल अस्पताल पुर्याइएको थियो । तर चिकित्सकले उनलाई मृत घोषित गरे ।
सोही घटना घटेको २४ घण्टा नपुग्दै भाइ घरभित्रै मृत भेटिएका हुन् । उनलाई आज बिहान झुण्डिएको अवस्थामा फेला पारिएको थियो । गिभिनाका भाइले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले पुष्टि गरेको छ । आत्महत्याको कारण खुलाइएको छैन ।
गिभिना गत मंसिर ८ गते विवाहबन्धनमा बाँधिएकी थिइन् ।