जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सन्दिप लामिछाने राष्ट्रिय क्रिकेट टिमबाट निलम्बित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने निलम्बित हुनुभएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपमाथि लागेको बलात्कार आरोपमाथि छानबिन गर्नका लागि कप्तान र राष्ट्रिय टिमबाट निलम्बन गरेको हो । क्यानले विज्ञप्ति जारी गर्दै छानबिनमा सहयोग गर्न निलम्बन गरिएको पनि उल्लेख गरेको छ ।