जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बालिका बलात्कार गरेको भन्दै क्रिकेटर सन्दिप लामिछाने विरुद्ध प्रहरीमा उजुरी

नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय, टेकुमा मंगलबार साँझ यौन दुर्व्यवहारको गरेको आरोपसहित किटानी जाहेरी परेको हो ।

जाहेरीमा स्न्यापच्याटमार्फत सम्पर्कमा आएका सन्दीपले भेट्न बोलाएर नगरकोट लगेर मद्यपान गराएर मध्यरात गौशाला क्षेत्रको एक होटेलमा राखेर बलात्कार गरेको उल्लेख गरिएको स्रोतले बतायो। उपत्यका प्रहरी कार्यालयका प्रमुख रविन्द् धानुकले जाहेरी परेको पुष्टी गरेका छन्।

भदौ ५ मा भएको भनिएको घटनाबारे प्रहरीले जाहेरी दर्ता गरेर नाबालिगको स्वास्थ्य परीक्षण समेत गरिसकेको स्रोतले जानकारी दियो।

जानकारस्रोतका अनुसार ती किशोरी होस्टलमा बस्दै आएकी थिइन्। उनी सन्दीपको फ्यान भएकाले स्न्यापच्याटमा जोडिएकी थिइन्। सन्दीपले भेट्न स्वीकार गरेपछि कफी खान होस्टलबाट निस्किए पनि सन्दीपले कर गरेर नगरकोट पूर्याएको जाहेरीमा दाबी गरिएको छ।

सन्दीप अहिले नेपालमा छैनन्। उनी राष्ट्रिय टिमको नेतृत्व गरेर केन्या पुगेका छन्। जाहेरी अनुसार घटना भदौ ५ मा भएको हो। उनी भदौ ६ मा केन्या गएका हुन्।