जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा बिरौटाको एनआईसी बैंकको एटिएम फोर्दाफोर्दै पर्वत कुस्माका कृष्णबहादुर पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा यतिबेला एटिएम फोर्ने चोरको बिगबिगी बढिराखेको छ ।

पोखरा महानगरपालिका—१७ बिरौटास्थित एनआईसी बैंकको एटिएम फोर्दाफोर्दै एक व्यक्ती पक्राउ परेका छन् ।

पर्वतको कुस्मा नगरपालिका—३ का २३ वर्षीय कृष्णबहादुर विक पक्राउ परेका हुन् । विक यसअघि माछापुच्छ्रे बैंकको एटिएम फोर्दा फोर्दै पक्राउ परेका थिए ।

एक लाख धरौटी तिर्न नसकेपछि त्यति बेला पुर्पक्षका लागि थुनामा गएका उनी फैसलापछि कैद भुक्तान गरेर निस्किएका हुन् ।

उनले फेरी एटिएम फोरेर पैसा झिक्न खोजेको पाइएको हो। पक्राउ परेका विकमाथि अदालतबाट ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।