जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा ठुलो मात्रामा लागु औषधसहित तिन जना पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

वडा प्रहरी कार्यालय गगनगौँडाबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा पोखरा ३० पावरहाउस चोकमा नारायणगढबाट पोखरातर्फ आउँदै गरेको बस चेकजाँच गर्ने क्रममा ठुलो मात्रामा लागु औषधसहित त्यस माईक्रो बसमा सवार तीन जना युवा पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा नवलपरासी पाल्हीनन्दन गाउँपालिका वडा नं.६ बस्ने वर्ष २० को बिशेष भन्ने प्रहलाद लोहार, पर्वतको मोदी गाउपालिका वडा न.-६ स्थायी घर भई हाल पोखरा १० बस्ने वर्ष २६ को सबिन के.सी. र पोखरा १४ चाउथे बस्ने वर्ष ३२ को भुषण मिजार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

उनीहरुको साथबाट डाईजापाम- दुईसय थान, फेनेरागन- दुईसय थान र नुर्फिन- दुईसय थान समेत गरेर जम्मा छसय थान लागू औषध बरामद गरिएको पनि प्रहरीको दाबी छ।

तिनै जना अभियुक्तबिरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ।