जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराबाट विभिन्न बैंकको एटीएम फोर्ने प्रयास गरेको आरोपमा तामाङ पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

गत साउन २ गते पोखरा ३० अर्घौंचोकस्थित एनएमबी बैंकको एटीएम फोरेर चोरी गरेको र सोही दिन पोखरा २७ तालचोकस्थित एनआईसी एशिया बैंकको एटीएम मेसिन फोर्ने प्रयास गरेको आरोपमा पुर्वी नवलपरासी देवचुली न.पा.५ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ३० डुँडाको मुख बस्ने अनिश तामाङ रहेका छन । तामाङ शिसुवा स्थित माझापसल ट्रेडर्समा हार्डवयर पसलमा काम गर्दै आएका थिए । उनी ६/७ महिना अगाडि मात्र पोखरा आएका थिए ।

गण्डकी प्रदेश प्रहरी र कास्की प्रहरीको सयुक्त टोलीले लेखनाथबाट तामाङलाई पक्राउ गरेको हो ।

एटिएम फोडेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । एनएमबी बैंकले एटिएमबाट १४ लाख ७१ हजार पाँचसय रुपैयाँ हराएको प्रहरीलाई बताएको थियो ।

तामाङलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया
अगाडी बढाइएको तिवारी ले बताए ।