जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराको विन्ध्यवासिनी मन्दिरबाट दान पेटिका चोर्ने जिम्मी दोर्जे पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा रहेको दान पेटिका चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका २५ भोटेक्याम्प का ३० वर्षीय जिम्मी दोर्जे रहेका छन् ।

दोर्जेबाट दान पेटिका समेत बरामद गरिएको छ ।

उनीमाथि अनुसन्धानका लागि चोरी मुद्दामा जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको छ ।