जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पछिल्लो २४ घन्टामा ८ हजार ३०५ जनामा कोरोना संक्रमण, १९० को मृत्यु,६ हजार ५४३ जना कोरोनामुक्त

काठमाडौं : पछिल्लो २४ घन्टामा २२ हजार ८७ नमूनाको कोरोना भाइरस (कोभिड-१९) परीक्षण गराउँदा ८३ सय ५ जनामा संक्रमण देखिएको छ। पीसीआरबाट २१ हजार ६९५ र एन्टिजेनबाट ३९२ नमूनाको परीक्षण गराउँदा ८३ सय ५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप १९० जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ ५ हजार ८४७ पुगेको छ। बिहीबार ६ हजार ५४३ जना कोरोनामुक्त भएका छन्।

मन्त्रालयका अनुसार हाल १ लाख १५ हजार ८५२ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै ९३२ जना क्वारेन्टाइनमा छन्।