जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

राष्ट्रियसभा सदस्यमा देवकोटा विजयी डा.देवकोटालाई ५ हजार ८८ मत, बादललाई ४ हजार १४ मत प्राप्त

बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा विपक्षी गठबन्धनका डा. खिमलाल देवकोटा विजयी भएका छन् ।

बिहीबार बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै विपक्षी गठबन्धनको समर्थमा स्वतन्त्र उम्मेदवार बनेका देवकोटा विजयी भएका हुन् ।

राष्ट्रियसभा सदस्यमा निर्वाचित डा. देवकोटाले ५ हजार ८८ मतभारसहित प्राप्त गरे । देवकोटाका निकटतम् प्रतिस्पर्धी एमालेका उम्मेदवार बादलले ४०१४ मतभार मात्रै प्राप्त गरे ।

स्वतन्त्र उम्मेदवार संघीयताविद् डा. देवकोटालाई नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थन थियो ।