जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकी प्रदेश प्रहरी प्रमुखको जिम्मा डीआईजी सिंहलाई

जन्मभुमि खबर ,
पोखरा ।

गण्डकी प्रदेश प्रहरी प्रमुखको जिम्मा प्रहरी नायब महानिरीक्षक (डीआईजी) दुर्गा सिंहलाई दिइएको छ।

त्यहाँ कार्यरत डीआईजी विकासराज खनाल अनिवार्य अवकाशमा गएपछि रिक्त भएको स्थानमा सिंहलाई पठाइएको हो।

गत पुस २४ गते खनाललाई गण्डकी प्रदेश प्रमुखको जिम्मा दिइएको थियो। तर उमेर हदका कारण उनी अवकाश भएका हुन्।

डीआईजी सिंह प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरकै ब्याची हुन्। उनी हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन्।

हाल तीन जना डीआईजीको दरबन्दी रिक्त छ। बढुवाको तयारी भइरहेकाले तत्काल उनको स्थानमा भने कसैलाई पनि पठाइएको छैन।