जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पछिल्लो २४ घण्टामा ९८२१ जना संक्रमणमुक्त, ६९५१ जना संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ९ हजार ८ सय २१ जनाले कोरोना भाइरस (कोभिड–१९) जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना जित्नेको संख्या चार लाख २८ हजार ६७० पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ६ हजार ९५१ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या पाँच लाख ४९ हजार ११९ पुगेको छ ।

योसँगै २४ घण्टामा ९६ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ७ हजार ४७ पुगेको छ ।