जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

थप ५ हजार ३१६ जनामा कोरोना संक्रमण, १०१ को मृत्यु,७ हजार २१९ जना संक्रमणमुक्त

काठमाडौं : पछिल्लो २४ घन्टामा थप ५ हजार ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले बुधबार थप ५ हजार ३१६ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन्।

प्रवक्ता डा. पौडेलका अनुसार १३ हजार ८०५ पीसीआर र ३ हजार ७३ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराउँदा ५ हजार ३१६ जनामा संक्रमण देखिएको हो। यस्तै पछिल्लो २४ घन्टामा ७ हजार २१९ जनाले कोरोना जितेका छन्। यो ८० दशमलव ८ प्रतिशत हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप १०१ जनाको कोरोनाबाट मृत्यु भएको छ।

हालसम्म १ लाख १ हजार ९९३ जना कोरोनाका सक्रिय संक्रमित छन् भने ८३७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।