जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकी प्रदेशका जनमोर्चाका सांसद कृष्ण थापा निलम्बित

जन्मभुमि खबर,
पोखरा।

गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा निलम्बित गरेको छ । राष्ट्रिय जनमोर्चाले थापालाई निलम्बित गरेको हो । केही दिने पहिले पार्टीको सदस्यबाट एक वर्षका लागि निलम्बन गरेको थियो ।

उनलाई सांसदबाट हटाएको पत्र प्राप्त भएको सूचना गण्डकी प्रदेश सभामुख नेत्रनाथ अधिकारीले बिहीबार प्रदेश सभामा पढेर सुनाएका थिए ।

जनमोर्चाका महासचिव मनोज भट्ट र सांसद पियारी थापाले सांसद थापालाई हटाएको पत्र प्रदेश सभा सचिवालयमा बिहीबारै दर्ता गराएका थिए । जनमोर्चाको बिहीबारको केन्द्रीय बैठकले थापालाई सांसद पदबाट हटाउने निर्णय गरेको पियारी र मनोजले दर्ता गरेको पत्रमा उल्लेख छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव सफल बनाउन नलागेको भन्दै उनको पार्टीले थापालाई निलम्बन गरेको हो । उनले कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्तावित दाबीपत्रमा पनि हस्ताक्षर गर्न मानेका थिएनन् ।

थापा बाग्लुङ १ को ‘क’ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । जनमोर्चाका ३ सांसद रहेकामा अब गण्डकीमा २ सांसदमात्र बाँकी छन् । जनमोर्चाले थापालाई कार्वाही गरेपछि गण्डकी प्रदेश सत्ता समिकरण पनि फेरीने देखीएको छ ।