जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

बागलुङमा मंगलबार बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट २० मिटर तल खस्दा घाईते भएका बागलुङ नगरपालिका–१२ का १८ बर्षिय सरोज भन्ने टिका भेटवालको उपचारका क्रममा मृत्यु भएको हो । मंगलबार बिहान ६ बजे ट्याक्टर अनियन्त्रीत भई सडकबाट खसेको चालकलाई उदृद्ध गर्दै प्रहरीले बताएको छ । ट्याक्टरले च्यापिएर घाईते भएका सह–चालकभेटवाललाई चालकले धौलागिरी अस्पताल ल्याएका थिए । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक कृष्ण बहादुर पल्लि मगरले जानकारी दिए । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको नाम ठेगाना खुलाईएको छैन् ।