जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

छ सय रुपैयाँले बढ्यो सुनको भाउ

काठमाण्डाै – सुनचाँदीको भाउ आज बढेको छ । सुन तोलामा छ सय रुपैयाँले बढेर तोलाको ९१ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो चार सय रुपैयाँले बढेर सुनकाे भाउ तोलाको ९० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदी तोलामा पाँच रुपैयाँ बढेको छ । हिजो १२ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको एक हजार तीन सय रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।