जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकी सहित वाग्मती र लुम्बिनीका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डाै – आज देशका धेरै ठाउँमा मौसम सफा रहेको छ । काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसोपख मौसम सामान्य बद्ली हुनेछ । मनसुनी वायुको प्रभाव रहेकाले धेरैजसो ठाउँमा फाट्टफुट्ट पानी पर्न सक्नेछ ।

वाग्मती प्रदेशमा काठमाण्डौ उपत्यकासहित एक/दुई ठाउँ र प्रदेश दुई, लुम्बिनी र गण्डकी प्रदेशका थोरै ठाउँमा पानी पर्ने महाशाखाले जनाएको छ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाका मौसमविद् गंगा नगरकोटीले बताउनुभयो ।

पानी पर्ने क्षेत्रका पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम र नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन उहाँको आग्रह छ । त्यस्तै आज राति पनि देशभरको मौसम सामान्य बद्लीकै अवस्था रहने अनुमान छ ।