जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पछिल्लो २४ घण्टामा ६ हजार ८२५ जना नयाँ कोरोना संक्रमित थपिए, ७५ को मृत्यु

मुलुकभर पछिल्लो २४ घण्टामा ६ हजार ८२५ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर २१ हजार ७७३ जनाको पीसीआर–एन्टिजेन परीक्षण ६ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

१८ हजार ५६२ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ५ हजार ८२५ र ३ हजार २११ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा मुलुकभर ६ हजार ८२५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ९०४ संक्रमित निको भए, ७५ को मृत्यु

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५ हजार ९०४ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ५ हजार ९०४ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ४ लाख ६७ हजार ४६७ पुगेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ८ हजार ३१ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर २१ हजार ७७३ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३१ लाख ०६ हजार ९३८ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ७५ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ६३० पुगेको छ ।