जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा जिपको पछाडि स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

जन्मभुमि खबर ,

पोखरा ।

पोखरामा जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।  पोखरा महानगरपालिका –०५ जिरो किलाे नजिक रोकी राखेको बोलेरो जिपको पछाडि स्कुटर ठोक्किँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा म्याग्दीको मंगला गाउँपालिका–९ दारुङ घर भएका २१ वर्षीय विवेक दर्जी र म्याग्दीकै रघुगंगा गाउँपालिका–३ बस्ने २६ वर्षीय मोहन परियार रहेका छन् । शुक्रबार दिउँसो २ बजे लु ३ च ५२७४ नम्बरको रोकी राखेको बोलेरो जिपको पछाडि ग २३ प १७१६ नम्बरको स्कुटर ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र बोलेरो चालकलाई नियन्त्रणमा लिई उक्त दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।