पोखरामा विभिन्न ब्रान्डका पटकासहित बालक पक्राउ
जन्मभुमि खबर ,
पोखरा ।
पोखरामा विभिन्न किसिमका पटका बिक्री गरिरहेका एक बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १० अमरसिंहस्थित खेल मैदानमा पटका बेचबिखन भइरहेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले १७ वर्षीय बालकलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले बरामद गरेका पटकाहरूमा ६५ प्याकेट खुर्सानी पटका, १८ प्याकेट मिनी बुलेट पटका, ७ प्याकेट चर्की पटका, ५ प्याकेट आलु बम पटका, ५ प्याकेट अनार पटका, ३ प्याकेट सानो रकेट पटका, १ प्याकेट टु इन वान पटका र ५ प्याकेट ७ सटर पटका रहेका छन्। नियन्त्रणमा लिइएका बालकलाई थप अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।