जन्मभुमि खबर ,
पोखरा ।
खोज तथा उद्धारका क्रममा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेल (सुरुङ) मा ६ जनाको शव भेटिएको छ ।
“माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूको खोजी कार्यका लागि आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीद्वारा खोजी गर्दा अडिट ३ टनेलभित्र ढलान गर्नको लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएर रहेको अवस्थामा फेला परेका ६ वटा शवहरूलाई ग्राइन्डर, ग्याँस कटर र रोटरी रेस्क्युको प्रयोग गरी बाहिर निकालिएको छ,” नेपाली सेनाले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
टनेलभित्र हिलोमा छोपिएको अवस्थामा अन्य शव जस्तो आकृति देखिएकोले उक्त इलाकामा खोजी कार्य भइरहेको सेनाले जनाएको छ ।
भाद्र १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढी माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलमा छिरेको थियो ।