जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

फेवातालमा काइकिङ गर्ने क्रममा डुबेर एकजनाको मृत्यु ( अपडेट )

जन्मभुमि खबर ,

पोखरा ।

फेवातालमा कायकिङ गर्ने क्रममा उदयपुरका २१ वर्षीय आयुष तामाङको डुबेर मृत्यु भएको छ ।

तालबाराही मन्दिर पछाडिको क्षेत्रमा कायकिङ गर्ने क्रममा तामाङ डुबेर मृत्यु भएको हो ।

मानिस डुबेको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल, नेपाल नं २४ गण हेडक्वार्टर कालिका फेवा रेस्क्यु टावरबाट उद्धार टोली परिचालन गरिएको थियो ।

सशस्त्र प्रहरी सहायक निरीक्षक रामप्रसाद शर्माको कमाण्डमा गोताखोरसहितको विपद् उद्धार टोली आवश्यक उद्धार सामग्री लिएर खोज तथा उद्धारमा खटिएको थियो ।

सशस्त्रको टोलीले खोजी गरेर उद्धार गरे पनि अस्पतालले  मृत घोषणा गरेको छ ।