पृथ्वीचोकस्थित सेती पुल निर्माणले गति लियो
जन्मभुमि खबर ,
पोखरा ।
पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ । २०७९ साउनमा ठेक्का सम्झौता भएको उक्त पुल निर्माणमा सुरुमा केही ढिलाइ भए पनि पछिल्लो समय कामले गति लिएको हो ।
गत जेठमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माणाधानीन पुलेका निरीक्षण गरी निर्धारित समयमै काम सक्न आयोजना कार्यालय र निर्माण कम्पनीलाई निर्देशन दिएका थिए।
यसअघि मापदण्डभित्रका संरचना समयमा नहटाउँदा पुल निर्माणको काम पनि सुस्त भएको थियो। पुलका लागि चाहिने केबललगायतका सामग्री विदेशबाट ल्याउनुपर्ने भएकाले पनि काममा ढिलाइ हुँदै आएको थियो।