जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीका ३ पालिकामा आज सार्वजनिक बिदा

जन्मभुमि खबर ,

पोखरा ।

कास्कीका ३ वटा स्थानीय तहमा आज मङ्गलवार सार्वजनिक बिदा दिइएको छ । तमु जातिको मौलिक एवं परम्परागत पर्व ट्होटेँका अवसरमा मादी, माछापुच्छ्रे र अन्नपूर्ण गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।

गाउँपालिकासँगै मातहतका वडा कार्यालयहरू, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा बिदा दिइएको पालिकाहरूले जनाएका छन् ।

गुरुङ समुदायले प्रत्येक वर्ष चैत र साउन महिनाको अन्तिम मङ्गलवार सडकमा निस्केर धूमधामका साथ ट्होटेँ पर्व मनाउँदै आएका छन् । कास्की बाहेक अन्य जिल्लाका स्थानीय तहले पनि बिदा दिने घोषणा गरेका छन् ।