मर्दी पदयात्राको क्रममा हराएका भनिएका पदयात्री सम्पर्कमा
जन्मभुमि खबर ,
पोखरा ।
मर्दी हिमाल पदयात्राको क्रममा सम्पर्कविहिन भएको भनिएका पोखरा महानगरपालिका १४ खसिबजार बस्ने २४ वर्षका अजित जिसी, २३ वर्षका युकेश गुरुङ र २३ वर्षका दिपेश गुरुङ जना पदयात्री उद्वार टोलीको सम्पर्कमा आएका छन् ।
माछापुच्छ्रे गाउँपालिका -९ का वडा अध्यक्ष राजेन्द्र क्षेत्रीका अनुसार उनिहरु हिजो दिनको ३ बजेदेखि बाटो बिराएर
घान्द्रुक भेगतिर लागेको र राती जंगलको ओडारमा बास बसेको खुलेको छ ।
उनिहरु भिर, जंगल हुँदै मोदी नदिको किनारमा झरेको र उद्वार टोलीको सम्पर्कमा आएको क्षेत्रीले जनाएका छन् । यद्यपि, उद्वार टोली र पदयात्री नदि वारीपारी रहेको तथा नदि ठूलो भएकोले वारि आउन नसक्दा थप उद्वारका लागि एपिएफको एकटोली सो स्थानतर्फ जाँदै गरेको क्षेत्रीले जनाएका छन् ।