मर्दी हिमाल पदयात्राबाट फर्कने क्रममा पोखराका तिन युवा सम्पर्कविहीन
जन्मभुमि खबर ,
पोखरा ।
मर्दी हिमाल पदयात्राबाट फर्कने क्रममा पोखरा महानगरपालिका १४ खसिबजार बस्ने २४ वर्षका अजित जिसी, २३ वर्षका युकेश गुरुङ र २३ वर्षका दिपेश गुरुङ बेपत्ता भएको प्रहरीले जनाएको छ।
माछापुछ्रे गाउँपालिका–९ बादलडाँडा नजिकको जंगलमा बाटो बिराएर अलपत्र परेको हुन सक्ने आशंका गरी प्रहरीले खोजी कार्य तीव्र पारेको जनाएको छ ।
युवकहरूको मोबाइल बन्द रहेको माछापुछ्रे–६ भेँडाबारीस्थित अस्थायी प्रहरी पोष्टका प्रहरी हवल्दार जीवन बरालले जानकारी दिए ।
“मर्दी हिमालको हाइ क्याम्पबाट फर्कने क्रममा बाटो बिराएर जंगलमा अलपत्र परेको भन्ने सूचनापछि बिहानैदेखि खोजीकार्य भइरहेको छ”, उनले भने ।