रमेश पोख्रेल ,
पोखरा ।
पोखरा महानगर पालिका वाड न १७ बिरौटा मा एक अन्दाजी ४० वर्षका पुरुषले अधबैंसे महिलाइ चक्कु प्रहार गरेका छन् ।
आज चौतारीमा ४ बजेर ७ मिनेट को समयमा उक्त महिलाको कम्बर ,ढाड लगायतका शरीर का भागमा अन्धा धुन्ध चक्कु प्रहार गरेका हुन ।
घटनापछी स्थानीयले कुटपिट गरि माक्स लगायका उक्त पुरुषलाई स्थानीय ले चक्कु सहित केही सेकेन्डमै नियन्त्रण मा लिइ प्रहरीलाई बुझाए का छ्न । दुबैको परिचय खुल्न बाकी छ ।

