जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

क्षत्री समाज नेपाल यूएई को अध्यक्षमा ढकाल

जन्मभुमि खबर ,
पोखरा ।

क्षत्री समाज नेपाल अन्तर्गत यूएईमा रहेका क्षेत्री समुदायको भेला तथा प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ! ६ महिना अघि तदर्थ समिति गठन गरी यूएईका विभिन्न राज्यहरूमा संगठन विस्तार गरिएपछि सम्पन्न प्रथम अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।

अधिवेशनले कृष्णबहादुर ढकालको अध्यक्षतामा कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ! सो समितिको उपाध्यक्ष: देवीलाल रावल, दीपक राउत र सुदीप कार्की ,महिला उपाध्यक्ष: हिरा के.सी.सचिव: भीम के.सी. ,सहसचिव: रमेश खड्का ,कोषाध्यक्ष: होमबहादुर महत , सहकोषाध्यक्ष: कमल के.सी., सदस्यहरू: ओमकार थापा, कृष्णबहादुर के.सी., चन्द्रबहादुर भण्डारी, सिक्रम थापा, हरिबहादुर के.सी.,धनबहादुर क्षेत्री, विमला पौडेल, विन्दु सेढाईं, कमला थापा, सिर्जना थापा, रितु पाण्डे तथा देवी बस्नेत रहेका छ्न ।

अधिवेशन को भर्चुअल माध्यमबाट शुभारम्ब गर्दै समाजका केन्द्रीय अध्यक्ष रिब बहादुर थापाले विदेशमा रहेका क्षत्रीहरूको सक्रिय सहभागिताले समाजको गरिमा र क्षत्री एकता बढाएको बताए ।

समाज का केन्द्रीय महासचिव कृष्णबहादुर थापाले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै प्रवासमा रहेका क्षत्री समुदायको इमान्दारिता, योगदान र सामाजिक सक्रियताले समाजलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।

तदर्थ समिति का अध्यक्ष कृष्ण बहादुर ढकाल सभापतित्वमा भएको कार्यक्रममा समाज का सचिव शिव थापा , कोषाध्यक्ष शंकर केसि, केन्द्रिय अनुशासन आयोगका अध्यक्ष डा. वीर बा कार्की सदस्य रम्बा कुँवर लगायत, वैदेशिक विभाग प्रमुख आर.सी. पन्थ,अन्तर्राष्ट्रिय प्रवास इन्चार्ज हंशराज ढकाल, निर्वाचन समिति संयोजक दीपक खड्का, विधान मसौदा समिति सम्योजक केदार कुँवर , सल्लाहकार एकेन्द्र थापा ,केदार कुवर
नेपाली समाज यूएईका अध्यक्ष राम मुक्तान, , नेपाली मञ्च युएईका अध्यक्ष बाबुराम सापकोटा, जनसम्पर्क समिति यूएईका प्रतिनिधि ,रास्वपा पार्टीका प्रवास समन्वय समितिका सभापति सुजन थापा, उपाध्यक्ष देबि रावल ,सचिव देवराज कार्की, कोषाध्यक्ष सुदीप कार्की ले सांगठनिक प्रतिवेदन पेश गरेका थिए ।

हाल सम्म क्षत्री समाज मातहत अन्तर्राष्ट्रिय रूपमा : बेलायत , कतार् , बेल्जियम, हङकङ , स्पेन , जापान र युएईमा गरि ७ वटा देशमा रहेका छ्न । अमेरिका, अस्ट्रेलिया,युरोप र द कोरिया तथा मध्यपुर्ब लगायतका देशमा समाज गठन गर्ने योजना रहेको समाज अन्तर्राष्ट्रिय प्रवास इन्चार्ज हंशराज ढकालले बताए ।

कार्यक्रम मा संस्थापक समिति ,सल्लाहकार सहित सहयोगी संस्था , कलाकार सहित आजिबन सदस्य हरुलाई संमान गरिएको थियोे ।