जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मुग्लिङ-पोखरा सडक: पूर्वी खण्डको काम ९५ प्रतिशत सकियो

जन्मभुमि खबर ,

पोखरा ।

पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी–जामुने सडकको स्तरोन्नतिको काम ९५ प्रतिशत सकिएको छ ।

एशियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भइरहेको यो सडक खण्डको लागत ६ अर्ब ३१ करोड रहेको छ । पूर्वी खण्ड अन्तर्गत आबुखैरेनीदेखि जामुनेसम्मको क्षेत्रफल पर्छ । ४१ किलोमिटर लम्बाइ रहेको सडक खण्डको बजार क्षेत्रमा ६ लेन विस्तार गरिएको छ ।

मुग्लिङ– पोखरा सडकको पूर्वी खण्डको काम चिनियाँ निर्माण कम्पनी चाइना कम्युनिकेशन कम्पनी लिमिटेडले गरिरहेको छ ।

सडक निर्माणमा सबै क्षेत्रको सहयोग भएका कारण निर्माणमा सहज भएको आयोजना निर्देशनालय (एडीबी) का प्रमुख चुडाराज ढकाल बताउँछन् । मुग्लिङ–पोखरा सडक खण्ड नेपालकै नमूना सडक भएको आयोजना निर्देशक ढकालको भनाइ छ ।

मुग्लिङ–पोखरा सडक खण्डको पूर्वी खण्डमा चार लेनको सडक र रंगरोगनको काम सकिएको आयोजनाले जनाएको छ ।

यस सडक खण्डमा ५६ वटा पहिलो रहेका छन्, यि मध्ये १८ वटा पहिरो विशेष प्रकारका रहेका र यिनीहरुको अध्यन भइरहेको छ ।

पूर्वी खण्डमा पर्ने मादी पुल निर्माणको ८० प्रतिशत काम सकिएको छ। निर्माण कम्पनीसँग २०७७ माघ १७ मा सडक स्तरोन्नतिको ठेक्का सम्झौता भएको थियो ।

मुग्लिङ–पोखरा सडक खण्डलाई दुई भागमा विभाजन गरी स्तरोन्नतिको थालनी गरिएको थियो ।