जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा बम भनेर तर्साएको झोलामा कृत्रिम गर्भाधानको नाइट्रोजन

जन्मभुमि खबर ,

पोखरा ।

पोखरास्थित लेकसाइडमा भेटिएको झोला मतदान अधिकृतको रहेको खुलेको छ ।

झोलामा कृत्रिम गर्भाधानमा प्रयोग हुने सिमोन र नाइट्रोजन ग्यास भएको पुष्टि भएको छ ।

पोखरा महानगरपालिका–६, लेकसाइडस्थित लालुपातेमार्गको एक टेलरिङ पसल सञ्चालकले अपरिचित व्यक्तिले झोला राखेको प्रहरीमा सूचना दिएका थिए ।

लगत्तै प्रहरीसहित नेपाली सेनाको बम डिस्पोजल टोली त्यहाँ पुगेको थियो । तर, उक्त झोलामा शंकास्पद वस्तु भेटिएन ।

झोलामा भेटिएको एक पत्रानुसार, उनी मतदान अधिकृत हुन् । उनी सोहीस्थान नजिकको तालवाराही मावि मतदान केन्द्रमा खटिएका अधिकृत भएका कास्की प्रहरीले जनाएको छ ।

जिल्ला समन्वय कार्यालय कास्कीमा कार्यरत एक अधिकृतलाई तालवाराही मावि मतदान केन्द्र ‘ख’मा खटाइएको थियो ।