रमेश पोख्रेल
पोखरा –१७, छोरेपाटन स्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको १८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले कार्यक्रमको उद्घाटन गर्दैे त्रिभुवन विश्वविद्यालयले विद्यार्थीका सेवा अब गण्डकी प्रदेशमै ल्याउने प्रक्रिया सुरुवात गरिरहेको वताए । हामीले गुणस्तरीय शिक्षाको लागि कक्षाकोठा भित्रबाटै विद्यार्थीलाई प्रदान गर्नुपर्ने वताउँदै क्यू.ए.ए. प्राप्त क्याम्पसहरुलाई कार्यक्रम थप गर्न दिन पर्ने कुरामा जोड दिनुपर्ने वताए ।
उनले शैक्षिक क्षेत्रमा शिक्षाको विकासका लागि मात्र राजनीति गरौं भन्ने कुरामा जोड दिदैं क्याम्पसहरुले प्रविधिको पर्याप्त रुपमा प्रयोग गर्नका लागि शिक्षकहरुलाई प्रविधिको तालिम दिएर दक्षता बनाउनु वताए ।
कार्यक्रमका विशिष्ट अतिथि त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायका पूर्व डिन तथा नेपाल बैंक लिमिटेडका अध्यक्ष प्रा.डा. डिल्लीराज शर्माले गुणस्तरीय शिक्षालाई बिकासित बनाउन अध्यापन विधि, कक्षाकोठामा परिवर्तन ल्याउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमका गण्डकी प्रदेश सभाका सदस्य माननीय भिम कार्कीले शैक्षिक क्षेत्रमा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस अब्बल रुपमा अघि देखा परेकोमा खुशी लागेको साथै अध्ययन केबल जागिर गर्न मात्र नभै स्वरोजगार बन्नका लागि भएको बताउदै क्याम्पसको विकासका लागि आफु सधै साथ रहेको वताए ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर के.सीे.ले क्याम्पसका शिक्षक तथा कर्मचारीको मेहेनत लोभ लाग्दो रहेको र शिक्षामा गुणस्तर कसरी प्रदान गर्न सकिन्छ भन्ने कुरा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पससँग सिक्न सकिने वताउँदै अन्नपूर्ण गाउँपालिकाले गुप्तेश्वरसँग मितेरी साइनो गाँसेकाले धेरै कुराहरु सिक्न बाँकी रहेको पनि बताए ।
पोखरा १७ का वडा अध्यक्ष श्री राधिका कुमारी शाहीले विद्यार्थीहरुको कला, नृत्यको प्रशंसा गर्दै गुप्तेश्वर क्याम्पसको विकासका लागि वडा कार्यालय सधै सँगै रहेको बताउदै समुदायमा रहेका स्थानीय संघसंस्थालाई सँगै अगाडि बढाउनु पनी क्याम्पसको सफलता भएको वताईन ।
गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष लछुमण वास्तोलाले क्याम्पसको विकासका लागि गुफा व्यवस्थापन समिति सदैव साथ रहेको बताउनु भएको थियो । क्याम्पसलाई शैक्षिक केन्द्रको रुपमा विकसित बनाउदै विश्वविद्यालयबाट नयाँ नयाँ कार्यक्रमहरुको सम्बन्धन प्राप्त गर्दै जानुपर्ने र त्यसमा गुफा व्यवस्थापन समिति सदैव साथ रहेको वताए ।
क्याम्पसका निवर्तमान अध्यक्ष प्रा.डा. टंकराज अधिकारीले शिक्षक तथा कर्मचारीको वृति विकास गर्न सके क्याम्पसको प्रगतिको हुने, क्याम्पसमा कार्यरत शिक्षकहरुले क्यू.वान र क्यू टु मा अनुसन्धानात्मक लेख प्रकाशन गर्न सक्नु प्रशंसनिय कार्य रहेको बताउदै क्याम्पसका लागि जग्गा खरिद गर्दै जानुपर्ने आफ्नो धारणा राखेका थिए ।
त्यसै गरी आदिकवी भानुभक्त क्याम्पस तनहँुका क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले सामुदायीक क्याम्पसलाई प्रदेश सरकारले अपनत्व र संरक्षकत्व प्रदान गर्न नसकेकाले अवका दिनमा सामुदायिक क्याम्पसलाई पनी सहकार्य गर्नका लागि जोडदार माग गर्दै सामुदायिक क्याम्पसलाई सरकारको सानो साथले पनी धेरै अघि बढ्न सकिने वताए ।
कार्यक्रमका गुप्तेश्वर सिजर्नशिल विद्यार्थी मञ्चका अध्यक्ष शिवम् शाही ठकुरीले क्याम्पसमा रोजगार मुलक तथा प्राविधिक विषयका कार्यक्रमहरु थप गर्दै जानु पर्ने तथा दिक्षित विद्यार्थीको लागि रोजगारमुलक तालिमहरुको व्यवस्था गर्नुपर्ने वताए ।
कार्यक्रममा विद्यार्थीले नेपाली संस्कृति झल्कने नृत्यहरु प्रदर्शन गरेका थिए भने, कार्यक्रममा शैक्षिक तथा अतिरिक्त क्रियाकलापका पुरस्कार वितरण गरिएको थियो ।
साथै क्याम्पसमा महत्वपूर्ण योगदान गर्नुहुने समाजसेवी कमलकुमार भुजेल, अन्नपूर्ण गाउँपालिका, आदिकवी भानुभक्त क्याम्पस, छोरेपाटन मा.वि., सिटिजन फर्निचर, पोखरालाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायका पूर्व डिन प्रा.डा. डिल्लीराज शर्मालाई विशेष सम्मान गरिएको थियो । साथै स्थानीय आमा समुहहरुले क्याम्पसका विभिन्न गतिविधिमा सक्रिय सहमागीता जनाउनु भएकाले सम्मान गरिएको थियो । क्याम्पसमा कार्यरत शिक्षकहरु बिनोद पौडेल ,मोहन भण्डारी तथा कर्मचारी रामबहादुर थापा लाई समेत कार्यक्रममा सम्मान गरिएको थियो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख धर्मराज बरालले क्याम्पसका गतिविधिहरु तथा शैक्षिक प्रतिवेदन प्रस्तुत, स्वागत मन्तव्य क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष ऋतुनाथ लम्सालले र कार्यक्रम सञ्चालन सहायक क्याम्पस प्रमुख मोहन भण्डारीले गरेका थिए ।