जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

एकैदिन तोलामा साढे १० हजारले बढेर सुनको मूल्यमा नयाँ कीर्तिमान

जन्मभुमि खबर ,

पोखरा ।

लगातार उकालो लागेको सुनको मूल्यमा बुधबार (माघ ७)मा तोलामा १० हजार ४०० रुपैयाँ बढेको छ ।

यससँगै एक तोला सुनको मूल्य दुई लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ७०० रुपैयाँ थियो ।

यस्तै चाँदीको मूल्यमा तोलामा ४० रुपैयाँ बढेर पाँच हजार ९२० रुपैयाँ पुगेको छ ।

मंगलबार चाँदीको मूल्य पाँच हजार ८८० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।