जन्मभुमि खबर ,
पोखरा
पोखरामा नक्कली पेस्तोल देखाई सुनका गहना लुट्ने युवक पक्राउ परेका छन ।
पोखरा-१२ शितलादेवीको हिटिमार्गमा बस्ने देविकला अधिकारीलाई पेस्तोल देखाई लुटपाट गरेको भन्ने सूचना प्राप्त हुनसाथ तत्काल वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट प्रहरी टोली खटिई गई अनुसन्धान गर्दा जिल्ला पर्वत मोदी गाउँपालिका वडा नं. १ स्थायी ठेगाना भई हाल पोखरा महानगरपालिका वडा नं. २० भलाम बस्ने वर्ष २४ को सुजन वि.क.लाई नक्कली पेस्तोल १ थान र उनले प्रयोग गरेको मोटरसाइकल सहित पक्राउ गरी थप अनुसन्धान प्रकृया अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।
सोमबार बेलुकी करिब ८:३० बजे अधिकारीको घाँटी र कानमा लगाएको सुन तान्ने क्रममा उनले हार गुहार गरेपछि ती युवक भागेका थिए ।
ग १३ प ९८३२ नम्बरको पल्सर मोटरसाइकलमा आएका बिकले सिक्री तानेर कानको रिङ तान्न लाग्दा केही समय लछार पछार भएको र छिमेकीहरुले तुरुन्त प्रहरीलाई खबर गरेका कारण भाग्दा भाग्दै रामबजार प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
सुन लुछ्ने क्रममा महिलाले प्रतिकार गर्दैगर्दा बिकको मोटरसाइकल ढल्यो । त्यस पछि हेलमेट नै लगाएर भागेका थिए ।
तत्कालै स्थानियले प्रहरीलाई खबर गरेपछि पोखरा–१२ को भेटनरी नजिकबाट रामबजार प्रहरीले युवालाई नियन्त्रणमा लिएको छ ।