जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मुल्यमा फेरि नयाँ रेकर्ड, तोलामै दुई लाख १० हजार नाघ्यो

जन्मभुमि खबर ,

पोखरा ।

नेपाली बजारमा सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज (शुक्रबार) सुन हालसम्मकै उच्च दुई लाख १० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन दुई लाख सात हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबारको तुलनामा सुन प्रतितोला २५ सय रुपैयाँले बढेको हो ।

आज चाँदी प्रतितोला १० रुपैयाँ बढेर दुई हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च मूल्य हो । बिहीबार चाँदी दुई हजार ८९० रुपैयाँमा कारोबार भएको थियो ।