जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

हरितालिका तिजको दिन ११ औं मालेपाटन खुल्ला तिजगित प्रतियोगिता हुने

जन्मभुमि खबर ,
पोखरा ।

सुर्यचन्द्र विकास समाजको आयोजनामा विगतका वर्षहरुमाझै यस वर्ष पनि ११ औं मालेपाटन खुल्ला तिजगित प्रतियोगिता हुने भएको छ ।

कार्यक्रम यहि भदौ १० गते मङ्गलबार हरितालिका तिजको दिन पुवान्ह ११ बजेदेखि पोखरा ५ मालेपाटन स्थित बाराही माविको खेल मैदानमा हुनेछ ।

प्रतियोगितामा महिलाहरुले मौलिक बोल लय मा तिजगित तथा नृत्य प्रस्तुत गर्नुपर्ने छ । साथै कास्की जिल्ला भित्रका महिलाहरु मध्येबाट एक जनालाइ महिलालाई सम्मान गरि “श्रस्ट्टा सम्मान कार्यक्रमलाई निरन्तरता दिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने समुहलाइ नगद रु चालीस हजार र प्रमाणपत्र, द्वितीय हने समुहलाई नगद रु तीस हजार र प्रमाणपत्र, तृतीय हुने समूहलाई नगद रु. बीस हजार र प्रमाणपत्र र सान्त्वना हुने समुहलाई नगद रु दस हजार प्रमाणपत्र प्रदान गरिनेछ भने उत्कृष्ट भेषभुशा र नृत्यलाई नगद र तीन / तिन हजार प्रदान गरिनेछ भने प्रतियोगितामा १६ समुहले भाग लिने अपेक्षा आयोजकले गरेको छ । एउटा समूहमा ८ जना हुनुपर्दछ भने समुह दर्ता सस्थाको कार्यालयमा भदौ ५ गातेसम्म गर्न सकिने विकास समाजकी अध्यक्ष सावित्रा कोइरालाले बताएकि छन ।

कार्यक्रमलाई सफल पार्नका लागि युनाईटेड रेफरेन्स ल्याबोरेटरी, यु.आर.एल पोखरा ८ ले मुख्य प्रायोजन गरेको छ । भानु मेशिनरीको सहप्रयोजन रहेको छ । यस्तै माता श्री जयलक्ष्मी सुनचाँदी दुकानको मुख्य सहयोग गरहेको छ । पोखरा महानगरपालिका वडा नं ५ को विशेष सहयोग रहेको छ ।

कार्यक्रमलाई सम्पन्न गर्नका लागि अध्यक्ष सावित्री कोईरालाको संयोजकत्वमा १०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ भने विभिन्न ११ वटा उपसमितिहरु बनाईएको छ । पत्रकार सम्मेलनमा संस्थाका महासचिव दिपकप्रसाद बराल,  युआरएलका प्रवन्ध निर्देशक ठाकुरप्रसाद पन्तले बाेलेका थिए ।

यसैबीच, समाजका सल्लाहकार भोलानाथ ढकालले संस्थाको अक्षयकोषमा सहयाेग रकम प्रदान रकम प्रदान गरेका छन्। उनले शहीद स्मृति पुस्तकालयका लागि पनि रु. २५ हजार १ सय ११ रुपैयाँ संस्थाका अध्यक्ष सावित्री काेईरालालाई हस्तान्तरण गरेका हुन् ।