जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

भैरहवा कारागारको भित्तामा रबीले लेखे ‘अब कृष्ण जन्मिने छैन, जन्मेकाहरू नै बन्नुपर्नेछ

जन्मभुमि खबर ,

पोखरा ।

भैरहवा कारागारको भित्तामा रास्वपा सभापति रवि लामिछानेले अब कृष्ण नजन्मिने तर जन्मेकाहरू नै कृष्ण बन्नुपर्ने बताएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

शनिवार रुपन्देही कारागारबाट सरुवा भएर ललितपुरको नख्खु कारागारमा आउन लागेका बेला भैरहवा विमानस्थलमा पार्टी उपसभापति स्वर्णिम वाग्ले र प्रवक्ता मनिष झालाई सभापति रविले यस्तो बताएको प्रवक्ता झाले जानकारी दिएका हुन् ।

उनले भने ‘विमानस्थलमा एक छिन भेट्न दिन विमानस्थलस्थित प्रहरी प्रशासनलाई अनुरोध गर्न पुग्यौ। निक्कै अनुरोध गरे पश्चात् म र पार्टी उपसभापति डा स्वर्णिम वाग्लेलाई विमानस्थल प्रतीक्षालयमा उभिएरै दुई मिनेट भेट्न दिनु भयो।’

त्यसक्रममा रबीले पुरै नेपाल उनको घर भएको र सबै नेपाली आफन्त रहेको भन्दै ‘सबै सँग माया छ, सद्भाव छ, सबैको हामीप्रतिको विश्वासमा आभार छ। भैरहवाको हावापानी, यहाँको आमा बुवा, दाजुभाइ दिदी बहिनी सबै प्रति कृतज्ञ छु। मलाई सुरक्षा दिनुहुने सुरक्षाकर्मी साथीहरू मलाई १२६ दिनसम्म जे जस्तो हुन्छ खाना अन्नको व्यवस्थापन गरिदिने कारागार प्रशासन लगायत सबैप्रति आभारी छु भनेको उनले जानकारी दिए ।

उनका अनुसार राजनीतिक प्रतिशोधले मंगलग्रह लागे पनि नडराउने रबीले बताएका छन् । साथै जसरी सक्छन् जता सक्छन् लग्न देऊ , केही फरक नपर्ने पनि बताएका छन् ।

‘म बसेको कारागारको कोठाको भित्तामा मैले लेखेर आएको छु। अब कृष्ण जन्मिने छैन। जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछ।’ उनले भने ।

रबीले आफू भयभीत नभएको र जनताको अदालतमा विश्वास गरेर परिवर्तनको लागि सबै त्यागेरै हिँडेको पनि बताएको उनले जानकारी दिए ।