जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मुल्य तोलामा २४ सयले घट्यो

जन्मभुमि खबर ,

पोखरा ।

नेपाली बजारमा बिहीबार (साउन ८) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९५ हजार २०० रुपैयाँ कायम छ । बुधबार (साउन ७) छापावाल सुन प्रतितोला एक लाख ९७ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार ३३५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला दुई हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।