जन्मभुमि खबर ,
पोखरा ।
पेट्रोलियम पदार्थमा उच्च मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले साेमबार प्रेस विज्ञप्ति जारी गर्दै यसबारेमा जानकारी दिएकाे हाे । मंगलबारबाट लागू हुने गरी पेट्रोलमा ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ४ रुपैयाँ मूल्य बढाइएको निगमले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै आन्तरिक हवाई इन्धनमा ७ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलोलिटर ६० डलर मूल्य बढेको छ ।
नयाँ मूल्यसुची अनुसार अब पोखरामा पेट्रोल प्रतिलिटर १६२.५० तोकिएको छ भने डिजेल/मट्टितेलको नयाँ मूल्य ४ रुपैयाँले बढेर १४६.५० तोकिएको छ ।
