जन्मभुमि खबर ,
पोखरा ।
पोखरा महानगरपालिका-११ नर्सिङ कलेजस्थित सडकमा एउटा मोटरसाइकल दुईवटा सवारीसाधनसँग ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।
लु.५८ प ७९१० नम्बरको मोटरसाइकल बुधबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकलमा सवार पोखरा महानगरपालिका-१४ चाउथे बस्ने २१ वर्षीय मान बहादुर विकको मृत्यु भएको हो ।
सो मोटरसाइकल ग.१ ज ४२६६ नम्बरको ट्याक्सी एकआपसमा ठक्कर खाएपछि पुन: ग.२ च १०५८ नम्बरको कारमा समेत ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पठाइएको छ । प्रहरीले ट्याक्सी र कार चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।