जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बेगनास तालमा ४३ वर्षीय पुरुष पौडी खेल्ने क्रममा बेपत्ता

जन्मभुमि खबर ,

पोखरा ।

कास्कीको बेगनास तालमा बेपत्ता भएका एक व्यक्तिको गोताखोरले खोजी सुरु गरेका छन् ।

आइतबार साँझ पोखरा महानगरपालिका- ३१ माझीकुनास्थित बेगनास तालमा पौडी खेल्ने क्रममा गोरखाको सहिद लखन गाउँपालिका- ३ मनकामना बस्ने ४३ वर्षीय राजेश श्रेष्ठ बेपत्ता भएका थिए ।

श्रेष्ठ बेपत्ता भएको खबर प्राप्त भएपश्चात् खोजतलासको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालीका गणबाट सशस्त्र प्रहरी निरिक्षकको कमाण्डमा ७ जना गोताखोर सहितको टोली परिचालन भएको हो ।

गोताखोरसहितको सशस्त्र प्रहरी टोलीले बेपत्ता श्रेष्ठको खोजी गरिरहेको सशस्त्र प्रहरीका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

गोताखोरसहितको सशस्त्र प्रहरी टोलीले बेपत्ता श्रेष्ठको खोजी गरिरहेको सशस्त्र प्रहरीका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।