जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

राजावादीद्वारा भोलि उपत्यका बन्दको घोषणा

जन्मभुमि खबर ,

पोखरा ।

राजसंस्था पुनःस्थापनाको माग गर्दै राजावादी समूहले भोलि आइतबार (जेठ १९ गते) काठमाडौं उपत्यकामा बन्दको घोषणा गरेका छन् ।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले एक विज्ञप्ति जारी गर्दै, आइतबारको कार्यक्रममा सरकारले आन्दोलनकारीहरूमाथि गरेको ‘बर्बर दमन’को विरोधस्वरूप बन्द आह्वान गरिएको जानकारी दिएका छन् ।

विज्ञप्तिमा सहभागीहरूलाई आ–आफ्ना टोल र चोकमा सक्रिय भूमिका निर्वाह गर्न र शान्तिपूर्ण तरिकाले आन्दोलनमा सहभागी हुन आह्वान गरिएको छ ।

आजको प्रदर्शनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका सांसद दीपक सिंहसहित आधा दर्जन नेताहरूलाई प्रहरीले पक्राउ गरेको थियो। राजावादी समूहले यसलाई लोकतान्त्रिक मूल्य र मान्यताको उल्लंघन भन्दै ‘अमानवीय व्यवहार’ को संज्ञा दिएको छ ।