जन्मभुमि खबर ,
पोखरा ।
इमेज सहकारीमा ठगीको अभियोगमा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई कास्की जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेलबासेको इजलासले नेपालीलाई थुनामा पठाउन आदेश दिएको हो ।
सहकारीको रकम अपचलन प्रकरणमा यसअघिदेखि नै जिल्ला कारागार बागलुङकाे थुनामा रहेका नेपालीलाई आइतबार जिल्ला अदालत पोखरा झिकाएर बयान लिइएको थियो। बयानपश्चात पोखरा अदालतले समेत नेपालीलाई थुनामा पठाउन आदेश दिएको हो ।
बागलुङ र पोखरा दुवै ठाउँमा सहकारी खोलेका नेपालीले बचतकर्ताको २ अर्ब अपचलन गरेको अनुसन्धानमा देखिएको थियो ।