जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मूल्य ११ सयले घट्यो

जन्मभुमि खबर ,
पोखरा ।

नेपाली बजारमा सुनको मूल्य एकहजार १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन एक लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुन प्रतितोला एक लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य २० रुपैयाँ घटेर एकहजार ९०५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एकहजार ९२५ रुपैयाँमा कारोबार भएको थियो ।