जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कारको ठक्करबाट ‘मर्निङ वाक हिडिरहेका दुई महिलाको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१, वसन्तपुरमा प्रातः भ्रमण (मर्निङ वाक)मा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु भएको छ ।

गोरुसिंगे–अर्घाखाँची सडकखण्डमा गोरुसिंगेतर्फ जाँदै गरेको बीएडी ९५९९ नम्बरको कारले उनीहरूलाई शुक्रबार (जेठ २) बिहान ठक्कर दिएको इलाका प्रहरी कार्यालय गोरुसिंगेका इन्स्पेक्टर विराट शर्मा पौडेलले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझीलाई उपचारका निम्ति तौलिहवास्थित कपिलवस्तु अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।

कारचालक रुपन्देहीको सैनामैना नगरपालिका–५ निवासी ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।