घरको झ्यालबाट खसेर ९१ वर्षीया खड्काको मृत्यु
बागलुङ नगरपालिका–४ श्रीनटोलमा तीनतलामाथि बाट खसेर एक जना वृद्धाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख तिलक भारतीका अनुसार बुधबार बिहान ४ः४५ बजे तेस्रो तलाको झ्यालबाट खसेर ९१ वर्षीया ज्ञानमाया खड्काको घटनास्थलमै मृत्यु भएको हो ।
मृतकको शव परीक्षणका लागि धवलागिरि प्रादेशिक अस्पतालमा राखिएको छ ।