जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तनहुँमा दुई बाइक ठोक्किँदा १९ वर्षीय किशोरको मृत्यु ( सिसिटिभी फुटेज सहित )

जन्मभुमि खबर ,

पोखरा ।

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी–४ गल्छिनामा दुई मोटरसाईकल एकापसमा ठक्कर खाँदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शुक्लागण्डकी–३ कवासेका करिव १९ वर्षका रोमन लम्साल रहेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक पोषण थापाले जानकारी दिए ।

दुलेगौंडाबाट खैरेनीटारतर्फ जाँदै गरेको लु १४ प २२४७ नंं. को पल्सर मोटरसाइकल र खैरेनीटारबाट दुलेगौंडा आउँदै गरेको लु प्र ०१००१ प ५६६८ नंं. को भीआर मोटरसाइकल एक आपसमा बुधवार साँझ ठक्कर खाएको हो ।

भीआर मोटरसाइकल चालक लम्सालको दुर्घटनापछि जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी पल्सर मोटरसाईकलका चालक शुनपा–४ का २० वर्षिय सुशान आले र सोहि ठाउँका १९ वर्षिय निश्चल गुरुङ घाइते भएका छन् । उनीहरुको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था गम्भिर रहेको छ ।