जन्मभुमि खबर ,
पोखरा ।
पर्साको वीरगञ्जमा हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा विवाद भएपछि दुई समुदायबीच झडप भएको छ ।
शनिबार दिउँसो वीरगञ्जकाे छप्कैया चोकमा हिन्दू र मुस्लिम समुदायबीच झडप भएको हो ।
प्रहरीका अनुसार झडपको क्रममा जाइका बिरयानी र अन्य केही पसल र मोटरसाइकलमा आगजनी भएको छ। हिन्दु धर्मालम्बी र मुस्लिम समुदायका बीचमा यो झडप भएको प्रारम्भिक रूपमा बुझिएको छ ।
दुवै समुदायबीच ढुंगा हानहान भएको थियो । यस क्रममा केही घाइते भएका छन् । घटना तनावग्रस्त र अवस्था नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले उक्त झडप रोक्न केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ ।