जन्मभुमि खबर ,
पोखरा ।
जन्मभुमि खबर ,
पोखरा ।
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे-१ बरचौरमा शनिबार साँझ दुर्घटना टिप्परले दुई जना चढेको स्कुटरलाई ठक्कर दिएको छ ।
पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ५८७५ नम्बरको टिप्पर र विपरित दिशाबाट जाँदै गरेको ग २५ प ५५२२ नम्बरको स्कुटर ठोक्किदा स्कुटर चालक व्यास ५ पाटनका मनिस आलेलालाइ प्रदेश अस्पताल दमौलीमा साँझ ६ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए ।
पछाडि सवार मृतककै बहिनी अनिशा आलेलाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको छ ।
दुर्घटनामा टिपर भित्र स्कुटर पसेको थियो ।