जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

दुर्गा प्रसाईं र खड्कालाई १२ दिन हिरासतमा राख्न अनुमति

राजावादीको नाममा तीनकुनेमा हिंसा भड्काउन मुख्य भूमिका खेलेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईं र उनका सहयोगी दीपक खड्कालाई १२ दिनको म्याद थप गरेको हो। दुवैजनाविरुद्ध राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसूरमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ।

अदालत लैजानुअघि उनलाई जिल्ला प्रहरी परिसर र  सरकारी वकिलको कार्यालय लगिएको थियो। त्यहाँ आवश्यक कागजी प्रक्रिया पुर्‍याएर अदालतमा पेस गरिएको थियो।

भारतमा पक्राउ परेका प्रसाईंलाई झापाबाट हवाई मार्गबाट काठमाडौं ल्याइएको थियो। ​​​​​​राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर प्रसाईलाई भारतीय प्रहरीको सहयोगमा आसामबाट पक्राउ परेका थिए।