तोलामा ११ सय रुपैयाँले बढ्यो सुनको मुल्य
जन्मभुमि खबर ,
पोखरा ।
स्थानीय बजारमा बुधबार सुनको मूल्य फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ११ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ७० हजार ५०० सय पुगेको हो ।
मंगलबार प्रतितोला सुनको मूल्य १ लाख ६९ हजार ४०० रुपैयाँ कायम भएको थियो। यस्तै सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि बढेको छ । आज प्रतितोला चाँदी १ हजार ९८५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।
मंगलबार प्रतितोला चाँदीको मूल्य १ हजार ९७० रुपैयाँ कायम भएको थियो ।